ग्यास्ट्राइटिस” समस्याले हामी धेरैलाई सताइरहेको हुन्छ । समयमा नै यसको उपाचार गरिएन भने यसले अलसर देखि क्यानसर सम्म हुन सक्ने सम्भावना हुन सक्छ । यो रोगलाई हामी सामान्य रुपमा लिनु हुदैन । पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिडले हामीले खाएको खानेकुरा पचाउन मद्दत गर्दछ । यदि यो एसिडको उत्पादन धेरै मात्रा उत्पादन भयो भने पेटभित्र सुन्निने अवस्था सृजना हुन्छ जसलाई ग्यास्ट्राइटिस भनिन्छ । यो अवस्था छोटो अवधिका लागि वा दीर्घकालिन अवधिका लागि हुन सक्छ ।

ग्यास्ट्राइटिसका लक्षणहरू यसको प्रकारका आधारमा फरक-फरक हुन सक्छ । सामान्य रुपमा यो रोगमा देखिने लक्षणहरू भनेको:

– माथिल्लो पेट दुखाइ वा असुविधा हुने
– वाकवाकी र उल्टी आउने
– अपच हुने
– पेट फुल्ने
– भोक नलाग्ने
– डकार आउने

यो रोगबाट बच्न वा कम गर्नको लागि यी सुझावहरू अपनाउन सक्नुहुन्छ:

१. रक्सी, क्याफिन, एसिडिक खाना वा मसालेदार खानाहरू नखानुहोस् ।

२. समय समयमा थोरै थोरै खानेकुराहरू खाइराख्नुहोस् ।

३. तनावले पनि “ग्यास्ट्राइटिस”को समस्यालाई बढाउछ, त्यसैले ध्यान र योगको अभ्यासहरू गर्नुहोस् जसले “ग्यास्ट्राइटिस”को समस्यालाई कम गर्न मद्दत गर्छ ।

४. धुम्रपान त्याग्नुहोस् ।

५. स्वस्थ आहार जस्तै फलफूल, तरकारी, अन्न र प्रोटिनयुक्त सन्तुलित आहार खानुहोस् ।

६. प्रयाप्त मात्रामा नियमित रुपमा पानी पिउनुहोस् ।

७. समस्या भइराखेमा चिकित्सकसँग परामर्श लिनुहोस् ।

“ग्यास्ट्राइटिस” त हो भनेर हेलचेक्राइ नगर्नुहोस्, अस्पाताल जान समय मिलेको छैन भने Mero Expert मार्फत हजुरहरू केही क्लिकमै विज्ञ चिकित्सकहरूहरूसँग आफ्नै घरबाट परामर्श लिन सक्नुहुन्छ ।

Contact Doctor

One thought on ““ग्यास्ट्राइटिस”: लक्षण र कम गर्ने उपायहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *